Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन तस्करीबारे संसदमा छलफल गर्न रास्वपाद्धारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करी प्रकरणको विषयमा प्रतिनिधिसभा बैठकमा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ ।

रास्वपाले नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरिएको हो ।

रास्वपाका निशा डाँगी, सन्तोष परियारसहितको १६ जना सांसद प्रस्तावक रहेको उक्त प्रस्तावमा अध्यक्ष रवि लामिछानेसहितका ४ जना सांदसहरूको समर्थन रहेको छ ।

रास्वपाले सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा, सक्षम, स्वच्छ, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी सार्वजनिक प्रशासनको अवधारणामा प्रश्न उठ्ने अवस्था सिर्जना भएको जनाएको छ ।

एक सय क्वीन्टल सुन तस्करीको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको प्रभावकारितामाथि प्रश्न उठाएको प्रस्तावमा उल्लेख छ ।

रास्वपाले यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास भयो भन्ने विषयमा अनुसन्धान गर्न माग गरेको छ । बरामद भएका सुनको प्रयोग के-कसरी गर्ने सोचेको छ रु भन्ने सरकारबाट स्पष्ट खाका माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077