Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुण्डा नाइके सानुभाइलाई १० हजार धरौटीमा छाड्न आदेश , प्रहरीले पुरानो मुद्दामा कारागार पठायो

काठमाडौं । जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

प्रहरीका अनुसार ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङसहित त्यहाँका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइलाई न्यायाधीश प्रकाशप्रसाद पन्डितको इजलासले १० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंले अभद्र व्यवहारको कसूरमा सानुभाइलाई १० हजार रुपैयाँ धरौटी राखेर छाड्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अदालतले छाड्न आदेश दिए पनि उनले पुरानो मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको देखिएकाले कारागार पठाइएको छ ।

उनी काठमाडौं–२६, ठमेलस्थित क्लब ओम्नियामा गएर सञ्चालक गुरुङसहित अरु कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए । उनका समूहका अरु ६ जनालाई मंगलबार नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ८ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशपछि एउटै कसूरमा पक्राउ परेका रघु तामाङ, विनोद तामाङ, कमल तामाङ, निरु भनिने निरज गुरुङ, विश्व तामाङ र विक्रम अधिकारी मंगलबारै छुटेका छन् ।

असार १५ गते गुण्डा नाइके सानुभाइको समूहले ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरलाई कुटपिट गरेको थियो।

गुण्डा नाइके सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ घैटेका उत्तराधिकारीका रुपमा चिनिन्छन्। उनका अपराधका हिस्ट्री धेरै रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077