Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अन्तिम दिनको कांग्रेस केन्द्रीय समिति बैठक सुरु, महामन्त्री शर्माले निर्णय सार्वजनिक गर्दै

काठमाडौं । साउन २ गतेदेखि बसिरहेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सकिँदैछ।

अन्तिम दिनको बैठक बुधबार अपराह्न कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणबारे एक मत बनाउन खोज्दा बैठक ढिला गरी सुरु भएको बताईएको छ ।

केन्द्रीय समितको बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठे पनि खाँणमाथि कस्तो नीति लिने भन्नेमा भने कांग्रेसभित्र एकमत नभएपछि नेताहरूबीच समझदारी जुटाउन निरन्तर बैठक बसेका थिए ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकको निर्णयहरु प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077