Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

घुसको १ लाख रकमसहित बुढानिलकण्ठ प्रभागका वरिष्ठ हवल्दार पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दारलाई घुसको रकम सहित पक्राउ गरेको छ।

प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंहले कुख्रे खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्कने वालुवा व्यवस्थापन कार्य सहजिकरण गर्न सेवग्राहीबाट एक लाख घुस लिईसकेको अवस्थामा आयोगको टंगालबाट खटिएको टोलीले बुढानिलकण्ठ-२, वासिकबाट उनलाई पक्राउ गरेको हो।

आयोगले स्टिङ अप्रेशनका क्रममा सिंहलाई पक्राउ गरेको हो। पक्राउ परेका सिंहमाथि थप अनुसन्धान थालिएको आयोग स्रोतले वताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077