Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बालकृष्ण खाँणलाई निलम्बन गर्न माग राख्दै गगन थापाको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । भ्रष्टाचारको आरोपमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टी सदस्यबाटै निष्कासन गर्नुपर्ने र अनुसन्धानका लागि सघाउ पुर्‍याउनुपर्ने भन्दै महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमै लिखितरुपमा फरक मत राखेका थापाले निर्णयमा पनि फरक मत दर्ता गराएका हुन् । यद्यपि कांग्रेस बैठकले भने खाँणको बारेमा कुनै निर्णय गरेको छैन ।

बैठकपछि भएको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा। प्रकाशशरण महतले भने आरोप लगाउँदैमा कोही दोषी नहुने भन्दै खाँणको बचाउ गरेका छन्।

कांग्रेस केन्द्रीय समिति बैठकमा थुप्रै नेताहरुले खाँणको बचाउ गरेका थिए भने केही नेताहरुले भने उनलाई निलम्बन गर्नुपर्ने जिकिर गरेका थिए ।

बैठकले सरकारले थालेको भ्रष्टाचार नियन्त्रण र सुशासनको कदममा साथ र समर्थन रहेको जनाएको छ । तर खाणमाथि कारबाही वा बचाउबारे बोलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077