Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

क्वीन्टल सुन तस्करी प्रकरण : चिनियाँ नागरिक लिनको गोदाममा भेटियो सुन गाल्ने मेसिन

काठमाडौं । सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिनको काठमाडौंस्थित गोदाममा सुन गाल्ने ठूलो मेसिन भेटिएको छ ।

राजस्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित उनको गोदाममा छापा मार्दा सुन गाल्ने मेसिन भेटिएको हो । स्रोतका अनुसार उनको गोदाममा फेला परेको मेसिन राष्ट्र बैंकसँग रहेको भन्दा बढी क्षमताको छ ।

लिन एक वर्षदेखि नेपालमा कम्पनी खोलेर बसिरहेका छन् । विभागको टोलीले बुधबार आशंकामा रहेका चिनियाँ र भारतीय नागरिक बस्ने क्षेत्रमा पनि अनुसन्धान गरेको थियो ।

विभागले व्यवसायी राकेश अडुकियाको घरमा पनि छापा मारेको छ भने उनको गोदाममा पनि छापा मारेर केही ब्रेक शु राखिएको कार्टुन बरामद गरेको जनाएको छ । यस्तै साउन ३ गते काठमाडौंबाट बरामद भएको सुनको अहिलेसम्म तौल लिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077