Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपालले फिफा विश्वकप एसिया छनोटको पहिलो खेल लाओससँग खेल्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को एसिया छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ।

बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्र मा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने तय भएको हो।

नेपालले लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ। पहिलो खेल १२ अक्टोबर र दोस्रो खेल १७ अक्टोबरमा हुनेछ। फिफा वरीयतामा नेपाल १७५औं र लाओस १८७औं स्थानमा छन्।

जित हात पारे नेपाल दोस्रो चरणमा पुग्नेछ।पहिलो चरणमा नेपालसँगै २० ले प्रतिस्पर्धा गर्दैछन्। एसिया वरीयतको पुछारका २० लाई पहिलो चरणमा प्रतिस्पर्धा गराउन लागिएको हो।

नेपाल रहेको समूह 'ए'मा अफगानिस्तान, माल्दिभ्स, सिंगापुर, म्यानमार, कम्बोडिया, चाइनिज ताइपेइ, इन्डोनेसिया, हङकङ, चाइना र यमन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077