Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कालीमाटी तरकारी बजारका सटर सेटिङमा भाडा लगाएको भन्दै किसानहरु धर्नामा

काठमाडौं । कालीमाटी तरकारी बजारका सटरहरू विनाप्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै राष्ट्रिय किसान सञ्जाल धर्नामा उत्रिएका छन् ।

बजारका सटर र स्टलहरु खुल्ला प्रतिष्पर्धामार्फत भाडामा लगाउनुपर्ने भन्दै सञ्जालले कालीमाटी तरकारी बजार विकास समितिको कार्यालयअगाडि धर्ना दिएका हुन्

सञ्जालले बजारका ५० प्रतिशत सटर र स्टलहरू उत्पादक किसानलाई सहुलीयत दरमा छुट्टाउनुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित हुनुपर्ने माग राखेको छ ।

किसान र उपभोक्ताहित विरोधी निर्णय खारेज गर्नुपर्ने लगायतका माग राख्दै चार दिनदेखि निरन्तर समितिको कार्यालयमा धर्ना दिइएको समितिले गरेको निर्णय फिर्ता नगरेसम्म धर्ना कार्यक्रम जारी रहने संजालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077