Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादी मोर्चाको चार सदस्यीय सचिवालय गठन गर्ने व्यवस्थासहितको कार्यविधि पारित

काठमाडौं । समाजवादी मोर्चाले चार सदस्यीय सचिवालय गठन गर्ने व्यवस्थासहितको कार्यविधि पारित गरेको छ ।

मोर्चामा आबद्ध दलसँगको समन्वयमा काम कारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन कार्यविधि पारित गरिएको हो । कार्यविधिमा सचिवालय तथा सचिवालयको काम, कर्तव्य र अधिकारबारे छ बुँदे व्यवस्था गरिएको छ ।

कार्यविधिमा संयोजन समितिका सम्पूर्ण बैठक र निर्णयको सचिवालयले व्यवस्थित रूपमा अभिलेख राख्नुका साथै जुन दलले मोर्चाको अध्यक्षता गर्छ सोही दलको प्रतिनिधित्व गर्ने मोर्चाको सचिवालय सदस्य मोर्चाको सदस्यसचिव हुने व्यवस्था गरिएको छ ।

सचिवालयमा मोर्चा घटक दलबाट १–१ जना प्रतिनिधि रहने र सचिवालयले केन्द्रीय संयोजन समितिको निर्णय कार्यान्वयनका लागि कार्ययोजना बनाउने छ कार्यविधिमा उल्लेख गरिएको छ ।

मोर्चाको बैठक तथा कार्यक्रमको सञ्चालन, एजेन्डा प्रस्तुत, कार्यालयको प्रशासनिक कामको नेतृत्व तथा बैठकको माइन्युट तयार गर्ने जिम्मेवारी सदस्य सचिवलाई दिइएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष हमाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।

सचिवालयमा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077