Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रहरीद्धारा विभिन्न समयमा बरामद भएका झन्डै ९ हजार हातहतियार नष्ट

काठमाडौं । नेपाल प्रहरीले विभिन्न समयमा बरामद भएका हातहतियार नष्ट गरेको छ।

विभिन्न मिति र स्थानबाट जफत एवं बरामद भएका ८ हजार ८९६ वटा हतियार प्रहरी प्रधान कार्यालयले नष्ट गरेको हो।

पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार कानून बमोजिम नष्ट गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका-११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा नष्ट गरिएको हो। हातहतियार, खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८ (३) बमोजिम नष्ट गरिएको प्रधान कार्यालयले जानकारी दिएको छ।

हतियारमा रहेका फलामलाई पत्रु बनाइएको थियो। नष्ट गर्दा प्रधान कार्यालय कार्यविभागका एआइजी मिरा चौधरीसहित गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवं स्थानीय प्रतिनिधि र बुढानीलकण्ठ नगरपालिका-११ का वडाध्यक्ष समेत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077