Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चलचित्र ‘एैंचो पैंचो’को पहिलो गीत ‘काले केटाले’ रिलिज (भिडिओ)

काठमाडौं । भदौ १४ गते रिलिजको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘काले केटाले’ बोलको गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत तथा आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ।

कृषा चौलागाईंको निर्देशन रहेको यो फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोसिस क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, रवीन्द्र झा, सुमन मोटेलगायत कलाकारको अभिनय छ ।

https://youtu.be/_N3dIaiXOsU

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077