Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साम्पाङलाई उच्च अदालतको आदेश – व्यक्तिको जग्गामा अनधिकृत रूपमा प्रवेश र वृक्षरोपण नगर्नू

काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका नामा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मिलनकुमार राईको इजलासले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न भन्दै अन्तरिम आदेश दिएको हो ।

धरान–४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश राईको इजलासले बिहीबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्नेजस्ता काम नगर्न भनेको छ ।

साथै अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखितरूपमा जवाफ पेस गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077