Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गृहमन्त्री श्रेष्ठले भने - कसैले राजीनामा माग्दैमा हामी छाड्नेवाला छैनौं

महोत्तरी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपक्षीले माग्दैमा आफूले राजीनामा नदिने बताएका छन् ।

बिहीबार महोत्तरीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

उनले भ्रष्टाचारविरुद्ध सरकारले काम गरिरहेकाले राजीनामा मागिएको र कसैले माग्दैमा आफूले पद नछाड्ने बताए ।

अहिलेको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि एक सूत्रीय कार्यक्रम बनाएको भन्दै उनले यस्ता कदमले विश्राम नलिने बताए ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक क्वीन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको पनि संलग्नता रहेको भन्दै राजिनामा माग्दै संसदसमेत अवरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077