Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुर्गमका कर्मचारीलाई प्रशासन मन्त्रालयले भन्यो - सुगमको कार्यालय रोजेर निवेदन दिनू

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भइ आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको छ।

सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन लागिरहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीको निर्देशनमा बिहीबार मन्त्रालयले ९ दिनभित्र निवेदन दिन सार्वजनिक रुपमा आह्वान गरेको हो ।

निजामती कर्मचारीहरुको सरुवालाई व्यवस्थित बनाउनका लागि मन्त्री मोदीले २०८० जेठ २९ गते गठन गरेको कार्यदलको प्रतिवेदन हालै बुझेका थिए। सोही प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा मन्त्री मोदीको निर्देशनमा मन्त्रालयले एक सुचनामार्फत् सार्वजनिक आह्वान गरेको हो ।

मन्त्रालयको पदभार सम्हालेदेखि नै मन्त्री मोदीले पहुँचविहीनहरु विकटको विकट नै क्षेत्रमा रहिरहनुपर्ने बाध्यताको अन्त्य गर्ने बताउँदै आएका थिए। मन्त्रालयले सुगम क्षेत्रका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई दुर्गम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन पनि आव्हान गरेको छ ।

साथै, मन्त्रालयले सरुवा व्यवस्थापनका प्रत्येक निजामती कर्मचारीहरुले आफ्नो हालसम्मको विवरण (नियुक्ति, पदस्थापन, सरुवा, समायोजन, काज, कामकाज, रमाना, हाजिर भएको जानकारी लगायत सम्पूर्ण विवरण) ७ दिनभित्र अनिवार्य रुपमा अद्यावधिक गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077