Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाली नेता किम र रुसी रक्षामन्त्री सर्गेईबीच भेटवार्ता, सैन्य सहयोगबारे छलफल

एजेन्सी । उत्तरी कोरियाली नेता किम जोङ र रुसी रक्षा मन्त्री बिचको भेटवार्ता भएको छ ।

उत्तर कोरियाली नेता किम जोङले कोरियाली युद्धको वार्षिकोत्सवको पूर्वसन्ध्यामा रुसी रक्षामन्त्री सर्गेई शोइगु र उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डललाई प्योङयाङमा भेटेका हुन् ।

रुसी रक्षामन्त्री सर्गेई सँगको भेटमा सैन्य सहयोगका विषयमा छलफल भएको बताइएको छ ।

किम शोइगु राष्ट्रिय रक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी आपसी सरोकारका मामिलाहरूमा सहमत भए । दुई नेताबीच सैन्य सहयोगका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077