Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलाली ट्राफिकद्वारा नियम उल्लङ्घन गर्ने १५ सय २५ जना चालकहरुलाई सचेतनामुलक कक्षा

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक व्यवस्थापा सम्बन्धी सचेतनामुलक कक्षा संचालन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको सभा हलमा आज कारवाहीमा परेका सवारी चालकलाई सचेतनामुलक प्रशिक्षण दिईएको हो ।

अहिलेसम्म लेन अनुशासन पालना नगर्ने,तिब्र गति र मादक पदार्थ सेवन गरी सवारी साधन चलाई कारवाहीमा परेका १५ सय २५ जना सवारी चालकलाई ट्राफिक व्यवस्थापा सम्बन्धी सचेतनामुलक कक्षा दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्र सिंह जोहारीले बताए ।

ट्राफिक नियमको पूर्ण पालना, लेन अनुशासन, सवारी दुर्घटनाको जोखिम, सवारी दुर्घटनाको कारण र सडक सुरक्षा सम्बन्धी अपनाउनु पर्ने सावधानीबारे प्रशिक्षण दिईएको प्रमुख जोहारीले बताए ।

प्रत्येक हप्ताको शुक्रबार लिईने उक्त कक्षामा हाल सम्म १५ सय २५ जना सवारी चालकलाई प्रशिक्षण प्रदान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077