Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान, १६ गते अपराह्न ५ बजेसम्मको समय

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र दाबी पेश गर्न आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई १६ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

बिहिबार सर्वोच्च अदालतले गत असार २१ मा भएको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन संविधानविपरित भएको ठहर गरेको थियो ।

सोही बमोजिम अदालतले नयाँ सरकार गठनका लागि दिएको आदेश अनुसार प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077