Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पूर्जी

काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ समुदायका व्यक्ति तथा संस्थाले दिएको जाहेरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यसअघि एक टेलिभिजन कार्यक्रमा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।

उनीमािथ जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077