Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाटो ढलानको काम गर्दा एक लाख भ्रष्टाचार, उपभोक्ता समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा

काकठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साह र तत्कालीन सव-इन्जिनियर श्याम किसोर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गाउँपालिकाको वडा नम्बर १ मा बाटो ढलानको कार्य गर्दा कमसल सामाग्री प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको अभियोगमा उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

उनीहरूले वडा नं.१ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यमा नभएको कार्यलाई बढी काम भएको झुट्टा विवरण तयार पारी उपभोक्ता समितिलाई एक लाख ४८ हजार ९१० भुक्तानी दिइएको अख्तियारको दाबी छ ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ (ग) र (ङ) बमोजिमको एक लाख ४८ हजार९१० रुपैयाँ बिगो कायमगरी मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077