Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगलागीपछि करेन्ट लागेर लमजुङमा ७३ वर्षीय वृद्धको मृत्यु

काठमाडौं । ग्यास लिक भएर आगलागी भएपछि करेन्ट लागेर लमजुङमा ७३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-६, बाहुनडाँडा दिङदिङका लक्षीबहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

शुक्रबार बिहान आफ्नै घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई लागेको आगो निभाउने क्रममा अचानक विद्युत्‌को तारमा छोएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु हो ।

घरमा आगलागीपछि निभाउने क्रममा सामान्य घाइते भएका ४२ वर्षीय डिलप्रसाद अधिकारीको भने स्वास्थ्य चौकी बाहुनडाँडामा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077