Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रस्तावित राजदूतहरूविरुद्ध ९ दिनमा एक उजुरी

काठमाडौं । विभिन्न मुलुकका लागि सिफारिस गरेका ६ जना राजदूतहरूमाथि संसदीय सुनुवाई समितिमा १ मात्र उजुरी परेको छ ।

भोलिसम्म उजुरी दिने अन्तिम म्याद रहेकोमा हालसम्म एउटा मात्र उजुरी परेको हो । नियुक्ति प्रक्रियाका लागि गत साउन ३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले १० दिनभित्र उजुरी आह्वान गरेको थियो ।

भोलिसम्म उजुरी दिने म्याद रहेपनि भोलि शनिबार परेकोले आइतबारसम्म उजुरी दिने समय रहेको छ। एकजना उजुरीकर्ताले समितिमा आएर उजुरी दर्ता गराएरका छन् । उजुरी गर्ने म्याद सकिएपछि समितिले उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गर्नेछ ।

त्यसपछि प्रस्तावित राजदूतहरुमाथि संसदीय सुनुवाई प्रक्रिया शुरु हुनेछ ।

सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077