Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मकैबारीमा १४ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ

दाङ । दाङमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय विनोद वली १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार बिहान पक्राउ परेका हुन् ।

वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगेर मंगलबार दिउँसो बलात्कार गरेको आरोप छ ।

सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077