Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अध्यागमनको सर्भर सुचारु, प्रस्थान र आगमन अनुमति कम्प्युटरबाट हुन थाल्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर सुचारु भएको छ ।

सिंहदरवारस्थित जिआइडीसीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि डाउन भएको सर्भर केहीबेर अघि सुचारु भएको हो ।

अध्यागमन कार्यालयका अनुसार विमानस्थलको सर्भर केहीबेर अघि सुचारु भएको छ । सर्भर सुचारु भएपछि प्रस्थान र आगमन अनुमति कम्प्युटर प्रणालीबाट हुन थालेको छ ।

सर्भर डाउन हुँदा अध्यागमनका कर्मचारीहरूले म्यानुअली आगमन र प्रस्थान अनुमति दिएका थिए । सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077