काठमाडौं । परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारमा नेपालीहरुलाई अवैध ढंगले लगेर बन्धक बनाइएको सूचना आएको जनाएको छ ।
मन्त्रालयले शुक्रबार एक ट्राभल एडभाइजरीसहितको सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । मन्त्रालयले समस्यामा परेका नेपालीहरुलाई सम्पर्क गर्न भन्दै नम्बरसमेत सार्वजनिक गरेको छ ।
थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलबको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको मन्त्रालयको भनाइ छ ।
तर त्यहाँ लगेपछि तलब तथा सुविधा नदिइएको जानकारी प्राप्त भएको मन्त्रालयको सूचनामा भनिएको छ ।