Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अत्तरियाबाट खैरो हेरोइनसहित तीनजना पक्राउ

कैलाली । कैलालीमा ३ ग्राम ११५ मिलिग्राम लागु औषधसहित तीनजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डडेल्धुराको पर्शुराम नगरपालिका ११ घर भई जिल्ला कैलाली गोदावरी नगरपालिका १ अत्तरियास्थित नमस्ते होटेलको गल्लीमा डेरा गरी बस्ने २७ वर्षीय खडक विष्ट, आलिताल गाउँपालिका ६ बस्ने विष्णु विष्ट र गोदावरी नगरपालिका २ महेन्द्रनगर रोडस्थित दिलीप कडायत रहेका छन् ।

खडकलाई शङ्का लागी चेकजाँच गर्दा शुद्ध तौल २ ग्राम ८० मिलिग्राम र विष्णुको साथबाट शुद्ध तौल ७० मिलिग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरी नायव उपरीक्षक गणेश बरालले जानकारी दिए ।

यस्तै गोदावरी नगरपालिका २ महेन्द्रनगर रोडस्थित दिलीप कडायतको साथबाट शुद्ध तौल ९६५ मिलिग्राम लागु औषध खैरो हेरोइन फेला परेको उनले बताए । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077