Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पम्फा भुसालको नेतृत्वमा दिल्ली गएको माओवादी टोली स्वदेश फर्कियो

काठमाडौं । साता दिन अघि नयाँ दिल्ली गएको नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पार्टी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली शुक्रबार राति स्वदेश फर्किएको हो ।

भुषाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरु सुरेशकुमार राई र रामेश्वरराय यादव रहेका थिए ।

साता ब्यापी नयाँ दिल्ली भ्रमणमा भुषाल नेतृत्वको टोलीले भाजपा अध्यक्ष जगतप्रकाश नड्डा, केन्द्रिय मन्त्री स्मृति इरानीलगायतसँग पार्टी मुख्यालयमा भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077