Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिडियाखानामा सटल बसको व्यवस्था गर्ने मेयर महर्जनको प्रतिवद्धता

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने बताएका छन् ।

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।

मेयर महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्न सहज होस् भन्ने उद्देश्यका साथ आफूले छिट्टै सटल बसको व्यवस्था गर्ने बताए ।

उनले १४/१५ सिटको बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले आफूले हेर्न मन लागेको जनावर भएको ठाउँमा रोकिएर हेर्ने र फेरि बस चढेर अर्को जनावर भएको ठाउँमा पुग्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077