Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

क्विन्टल सुन तस्करी प्रकरण जोडिएको आशंकामा ठमेलको एक होटेलमा सिलबन्दी

काठमाडौं । राजस्व अनुसन्धान विभाग एक क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलको एक होटेलमा सिलबन्दी गरेको छ ।

सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा विभागको एक टोलीले शनिबार राति सिलबन्दी गरेको हो ।

गत साउन ३ गतेबाट हङकङबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ । उक्त सुन नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा राखिएको छ ।

क्विन्टल सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कुनै सूत्र हात लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077