Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सुन तस्करी प्रकरण : ठमेलको होटल भियनामा राजस्वको छापा, एक जना पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभाग एक क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलको होटल भियनामा छापा मारेको छ।

होटलमा केही सामान तथा तस्करी प्रकरणमा संलग्न केही कागजता हुनसक्ने आधारहरु देखिएपछि राजस्वको टोलीले छापा मारेको हो।

विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको राजस्व स्रोतले बतायो ।

छापा मारेर केही कागजातहरु बरामद गरिएको छ । सुन तस्करी प्रकरणमा अहिलेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्टसहित १८ जना पक्राउ परेका छन्।

यही साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077