Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टोखामा सुन पगाल्ने र नयाँ स्वरुप बनाउने फ्याक्ट्री, यसरी हुन्थ्यो भारतमा तस्करी

काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले आफ्नो अनुसन्धानलाई तिव्रता दिएको मात्रै छैन, सुन ओसारपसारमा संलग्न भरिया हुँदै मालिकसम्म पुग्ने बाटो खोजिरहेको छ । विभागले विभागले आज विहानै काठमाडौंको ठमेलको होटल भियनाबाट नेपाली मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको विभाग स्रोतले बताएको छ । योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ।

त्यसो त हिजो रातभर पनि विभागको टोली टोखास्थित एक फ्याक्ट्रीमा छापा मार्नमै व्यस्त थियो । प्रि–फ्याबबाट बनेको घरभित्र रहेको फ्याक्ट्रीमा सुन गाल्ने र रि–फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने काम हुने गरेको विभागको दावी छ ।

हिजो राती नै सिल गरिएको उक्त फ्याक्ट्रीमा बनेको सुन सिधै भारत जाने गरेको पनि अनुसन्धानका क्रममा खुलेको विभाग स्रोत दावी गर्छ । यद्यपि, विभागले सुनलाई कस्तो स्वरुपमा परिणत गरिन्थ्यो भन्ने खुलाएको भने छैन ।

हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन नेपालसम्म ल्याइएपनि भारतमा त्यहीँ स्वरुपमा लैजाँदा जोखिम हुने भएकाले तस्कहरुले नेपालमा फ्याक्टी« नै खोलेर रिफ्रेम गर्दै आएको आशंका गरिएको छ ।

नेपालमा आवश्यक पर्ने ब्रेक शु भारतबाटै आयात हुने र भारतमै ब्रेक शु उत्पादन हुने भएकालले नयाँ स्वरुपमा भारतसम्म सुन लगिएको हुनसक्ने विभागका कर्मचारी बताउँछन् ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।

त्यसता हालसम्म यो प्रकरणमा विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ । हालसम्म पक्राउ परेकामध्ये एक आरोपीको बयानका आधारमा विभागको टोलीले यो फ्याक्ट्रीसम्म पुगेको हो ।

फ्याक्ट्रीबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077