Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन तस्करीबारे निष्पक्ष छानबिन गर्न सरकारलाई लेखा समितिको ध्यानाकर्षण

काठमाडौं । सार्वजनिक लेखा समितिले क्विन्टल सुन तस्करी प्रकरणमा निष्पक्ष र उच्च स्तरीय छनबिन गर्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको आज आइतबार बसेको बैठकले सुन तस्करीमा बारेमा निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको हो । लेखा समितिले क्विन्टल सुन तस्करीका सम्बन्धमा छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताए ।

सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा सुन तस्करीसँग राजस्वको विषय जोडिने भएको र त्यो विषय समितिको क्षेत्राधिकारमा पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको केसीले बताए ।

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको कम्तीमा एक सय किलो सुन २ साउनमा बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077