Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अदालतको अवहेलना मुद्दामा एसएसपी कार्की र एसपी बस्नेतलाई सर्वोच्चको क्षमादान

    अदालतको अवहेलना मुद्दामा एसएसपी कार्की र एसपी बस्नेतलाई सर्वोच्चको क्षमादान

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की र एसपी रमेश बस्नेतले क्षमादान पाएका छन् ।

    सर्वोच्च अदालतका न्यायाधीशद्धय ईश्वर खतिवडा र कुमार चुडालको आइतबारको संयुक्त इजलासले उनीहरूलाई क्षमादान दिएको हो ।



    अदालतको अपहेलना मुद्दामा दोषी ठहर भएकाले क्षमादानको निवेदन दिएको खण्डमा क्षमादान हुनसक्ने व्यवस्थालाई टेकेर सर्वोच्चले आदेश गरेको छ ।



    यसअघि सर्वोच्च अदालतका न्यायाधीश खतिवडा र चुडालकै इजलासले गत फागुन १२ गते उनीहरुलाई अवहेलना मुद्दामा दोषी ठहर गर्दै १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

    अदालतको आदेश नटेरेको भन्दै जगतमाया श्रेष्ठले सर्वोच्च अदालतमा अदालतको अपहेलनासम्बन्धी रिट दायर गरेकी थिइन् । विविध शीर्षकमा उनीहरु दुई जनाले साउन ४ गते क्षमादानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार