Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • एसएसपी कार्कीले भने – वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढ्यो

    एसएसपी कार्कीले भने – वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको बताएका छन् ।

    बिहीवार पत्रकार सम्मेलन गर्दै एसएसपी कार्कीले गठिनबाट जोगिन नागरिकहरु सचेत हुनुपर्ने बताएका हुन् ।



    एसएसपी कार्कीले भने,‘वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्ने समस्या अहिले आएका छन् । एक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगी गर्नेहरुको संख्या पनि ठूलो छ ।’



    गत वर्षको माघदेखि यसवर्षको असारको मसान्तसम्म काठमाडौं प्रहरीमा ८ हजार ९२३ वटा मुद्दा दर्ता भएको जानकारी दिँदै उनले ५ हजार ९४० जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको बताए ।

    साइबर शाखामा ३३२ वटा निवेदन प्राप्त भएको उनले बताए । एसएसपी कार्कीले बैङ्क खातामा अनधिकृत पहुँच पुर्‍याइ रकम ठगी गर्ने क्रम बढेको भन्दै सचेत गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार