Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय कार्की, केसी र सिआइबीका आचार्यसहित २४ जना पुरस्कृत

    शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय कार्की, केसी र सिआइबीका आचार्यसहित २४ जना पुरस्कृत

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले २४ जना प्रहरीलाई पुरस्कृत गरेका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय दानबहादुर कार्की, डा. मनोजकुमार केसी र सिआइबीका एसएसपी दिनेश आचार्यसहित कार्यालय सहयोगीलाई समेत पुरस्कृत गरेका हुन् । दानबहादुर कार्की काठमाडौं परिसरको प्रमुख छन् भने केसी अपराध अनुसन्धान कार्यालयको प्रमुख छन्।



    एसएसपी दिनेश आचार्य ललिता निवास प्रकरणको अनुसन्धानमा सक्रिय छन्।



    आचार्यले नै कपनकी निरा पाण्डे आचार्य हत्याकाण्डको सफल अनुसन्धान गरेका थिए।

    आफूलाई दिइएको जिम्मेवारी अनुशासित, इमानदार, लगनशील, व्यावसायिक र कर्तव्यनिष्ट ढंगले पूरा गरेको भन्दै उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    यसरी पुरस्कृत गर्दा प्रहरीहरुमा सकारात्मक प्रभाव पर्ने र काम गर्नै हौसला प्राप्त हुने प्रहरी प्रधान कार्यालयको विश्वास छ । उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी साउन १ गते प्रहरी महानिरीक्षक कुँवरले उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेका हुन् ।

    यसरी नगदसहित पुरस्कृत हुनेमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी केसी र सिआइबीका एसएसपी आचार्य रहेका छन् । आईजीपीबाट पुरस्कृत हुने अन्यमा एआइजी मीरा चौधरी, डिआइजी बुद्विराज गुरूङदेखि एसपी, डिएसपी, इन्सपेक्टर, प्रहरी हवल्दार र कार्यालय सहयोगीसम्म २४ जना छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार