Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

को हुन् क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा ? माओवादीका नेताहरुसँग 'कनेक्सन' !

काठमाडौं । राजस्व अनुसन्धान विभागले आइतबार बिहान पक्राउ गरेका काठमाडौंको ठमेलस्थित होटल भियनाका सञ्चालक तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङ चिनियाँ गिरोह भित्राउने नाइके रहेको खुलेको छ ।

अवैध रुपमा विमानस्थलबाट भित्रिएको १०० किलो सुन प्रकरणमा पक्राउ परेका दावाको चिनियाँ व्यक्ति संलग्न भएर नेपालमा हुने हरेकजसो अपराधमा कनेक्सन भएको खुलेको हो । स्रोतका अनुसार चिनियाँ आपराधिक गिरोहका सदस्यलाई नेपाल ल्याउने नाइके बेल्जियन नागरिक दावा पहिल्यै प्रहरी अनुसन्धानमा परेको व्यक्ति हुन् ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागको टोलीले आइतबार ठमेलको होटल भियनामा छापा मारेर उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले ७ पुस २०७६ मा काठमाडौंमा उपत्यकाका विभिन्न स्थानमा ‘सर्च एण्ड एरेष्ट’ अपरेसन चलाएर एकैदिन १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । त्यसक्रममा हाल सुन प्रकरणमा पक्राउ परेका दावा पनि अनुसन्धानको दायरामा परेको स्रोतले बतायो । छिरिङ जुन होटलबाट पक्राउ परे, उक्त होटल उनकै श्रीमतीले संचालन गर्दै आएकी थिइन् ।

यो त्यही होटल हो, जुन होटल चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको भनी एक वर्षअघि नै खुलेको थियो । २०७९ साउन ११ गते प्रहरीले यस होटलमा छापा मारी केही चिनियाँ नागरिकहरुलाई पक्राउ गर्नुको साथै केही सामानसमेत बरामद गरेको थियो । नेपालमा हुने अनलाइन जुवा, अनलाइन ठगी, लोन, एमएस, अश्लिल भिडियो देखाएर हुने ब्लयाकमेलिङ ठगी लगायतमा उनको संलग्नताका प्रमाणहरु देखिएको प्रहरी स्रोतको भनाइ छ ।

[caption id="attachment_238323" align="alignnone" width="800"] सुन तस्करीका नाइके दावा छिरिङका साथ पुर्व उपराष्ट्रपति पुत्र दिपेश पुन[/caption]

तिब्बती मुलका दावासँग नेपालको र बेल्जियमको दोहोरो नागरिकता रहेको पनि आरोप छ । दावाले रोल्पाकी अमला रोकासँग विवाह गरेका छन् । यस्तै अवैध रुपमा विमानस्थलबाट भित्रिएको १०० किलो सुन प्रकरणमा छिरिङलाई पक्राउ गरेसँगै सुन प्रकरणमा माओवादी पार्टीका उच्च पदस्थ व्यक्तिहरुसँगको कनेक्सन हुनसक्ने आधार देखिन थालेका छन् ।

छिरिङ र उनकी श्रीमतीले पटक–पटक माओवादीका नेताहरुसँग भेट्ने गरेको खुलेको छ ।

पक्राउ परेका छिरिङ माओवादीका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती मगरसँगै बसेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सुन प्रकरणमा पक्राउ परेका छिरिङसँगको फोटो सार्वजनिक भएसँगै माओवादी पार्टीभित्र भने खैलाबैला मच्चिएको छ । दावा सुन प्रकरणमा पक्राउ पर्ने १८ औँ व्यक्ति हुन्।

सुन तस्करीका नाइके दावा छिरिङसँग पुर्व उपराष्ट्रपति पुत्र दिपेश पुनको बिशेष सम्बन्ध रहेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077