Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विश्वविद्यालय सेवा आयोग अध्यक्षमाथि कालोमोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि मोसो विद्यार्थी नेतालाई नेविसंघले कारबाही गरेको छ।

छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गत जेठ २९ मा सेवा आयोग अध्यक्षमाथि निवासमै पुगेर नेविसंघ कार्यकर्ताले मोसो दलेका थिए। यस घटनामा प्रहरीले नेविसंघ मोरङ अध्यक्ष सरोज पोखरेललाई पक्राउसमेत गरेको थियो।

घटनामा नेविसंघ कार्यकर्ता संलग्न भएपछि नेविसंघले छानबिन समेत गरेको थियो। छानबिनका क्रममा मोसो दल्न नेविसंघ कार्यकर्ता संलग्न रहेको पाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077