Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

५ अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो कारोवार दिन आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा कायम भएको छ । गत सातादेखि ओरालो झरेको बजार आज सामान्य अंकले बढेको हो ।

सोमबार बजारमा ५५ लाख ३१ हजार ७३७ कित्ताको खरिदबिक्री हुदा १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ । आइतबार मात्रै २ अर्ब ५० करोड बढिको कारोबार भएको थियो भने, आज कारोबार रकम ह्वातै घटेको छ ।

सोमबार सनराईज ब्लूचीप फण्ड, बालेफी हाइड्रोपावर र एनआइसी एसीया फिलेक्सि क्याप फण्डले सर्वाधिक नाफा कमाएको छ ।

वेस्ट नेपाल लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई बैंक लिमिटेड डेबेन्चर-२०८६ र एसीयन आइड्रोपावर लिमिटेडले सर्वाधिक गुमाएका छन् ।

उपसमूहतर्फ तिनबटा समूहबाहेक बाकि १० वटैको सेयरमुल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077