Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाटो ढलानको काम गर्दा ४५ हजार घुस माग्ने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका करार इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अख्तियारले कोटहीमाई गाउँपालिकाको कार्यालय मझगाँवाका करार इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कोटहीमाई गाउँपालिका वडा नं ७ अन्तर्गतको सडक ढलान र ग्रावेल गर्ने कार्यको नापजाँचका क्रममा घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले इन्जिनियर यादव पक्राउ गरेको थियो ।

इन्जिनियर यादवले सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले असार २० गते नियन्त्रणमा लिएको थियो।

इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ (ग) र (ङ) बमोजिमको एक लाख ४५ हजार रुपैयाँ बिगो कायमगरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077