Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपा पार्टी कार्यालय नजिकै महानगरको डोजर ‘स्ट्यान्डबाइ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिकाले भत्काउने भएको छ।

धुम्बाराहीस्थित राप्रपाको कार्यालय भवन तीन दिन भित्र खाली गर्न अल्टिमेटम दिएको महानगरपालिकाले आज पार्टी कार्यालय नजिकै डोजर ‘स्ट्यान्डबाइ’ राखिएको हो ।

अहिले महानगरका पदाधिकारी र काठमाडौंका प्रमुख जिल्ला अधिकारीबीच राप्रपाको केन्द्रीय कार्यालयमा डोजर चलाउनेबारे छलफल भइरहेको छ ।

महानगरले केही नगर प्रहरी र डोजर अहिले हाँडीगाउँमा तयारी अवस्थामा राखेको छ। बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबार समय दिएको थियो।

तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको हो। महानगरले कार्यालय भत्काउने भनेपछि सोमबार बिहानैदेखि राप्रपाका नेता, कार्यकर्ताहरू केन्द्रीय कार्यालय पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077