Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सम्सी गाउँपालिकाका लेखापाल राउतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीस्थित सम्सी गाउँपालिकाका लेखापालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सम्सी गाउँपालिका–५ मा कोभिड–१९ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्नपश्चात भुक्तानी दिने कार्यमा सेवाग्रहीसँग घुस मागेको अरोप रौशन कुमार राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको बर्दिबासस्थित शाखाले राउतलाई सेवाग्राहीबाट एक लाख २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको सिलसिलामा सम्सी गाउँपालिका–५ का लेखापाल राउतले सेवाग्राहीसँग घुस मागेका थिए ।

राउतको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको भन्दै आयोगले बिगो बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय मागदावी लिई विशेषमा आरोपपत्र दायर गरेको जानकारी दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077