Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अश्लील हर्कत गर्ने प्रशासकीय अधिकृतलाई निर्देशन - २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुनू

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई हाजिर पत्र लेखेको छ।

सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो ।

अश्लील गतिविधिमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेका अधिकृत निरौलालाई मन्त्रालयमा २४ घण्टाभित्र हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ ।

‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ।

नगरपालिकाकै निवासमा एक महिलासँग मदिरा सेवन गर्दै अश्लील हर्कत गरेको भिडियो यतिबेला सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा भाइरल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077