Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनलाई राप्रपाको पत्र – २१ दिन पर्खनु, हामी घर खाली गर्छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २१ दिनभित्र केन्द्रीय कार्यालय रहेको घर खाली गर्ने भएको छ ।

आज काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई पत्र लेखेर राप्रपाले २१ दिनभित्र घर खाली गर्ने जानकारी गराएको हो ।

राप्रपाका मुख्यसचिव केदार बहादुर अधिकारीले मेयर बालेन शाहलाई सम्बोधन गरेर दर्ता गराएको पत्रमा भनिएको छ, ‘महानगरपालिकाको सूचना बमोजिम घर खाली गर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ दिनभित्र घर खाली गरी महानगरपालिकालाई जानकारी गराउने निर्देशानुसार अनुरोध गर्दछु ।’

त्यसको बोधार्द जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई समेत दिइएको छ । अबको २१ दिनमा पनि पार्टी कार्यालय नहटाए महानगरपालिकाले २२ औँ दिनमा डोजर चलाउने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077