Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसको सम्भावना

काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ । परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्न लागेको हो ।

आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।

पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा सरकारले संविधानको उल्लंघन गरेको छ ।बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ ।

संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077