Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • संघीय शिक्षा ऐनको विधेयक आज संसदमा पेस गरिने

    संघीय शिक्षा ऐनको विधेयक आज संसदमा पेस गरिने

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । सरकारले आज संघीय शिक्षा ऐनको विधेयक संसद्‌मा पेस गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा मंगलबार विधेयक प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी भएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अगाडि एउटा कार्यक्रममा बोल्दै मंगलबार मन्त्रिपरिषद्‌ले मस्यौदा पारित गरी संघीय शिक्षा ऐनको विधेयक संसद्‌मा पठाउने बताएका थिए।



    आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यसलाई गुणात्मक प्रकृतिको कदम हुने बताएका थिए।



    संविधान जारी भएको ८ वर्षसम्म पनि नयाँ शिक्षा ऐन आउन सकेको थिएन। शैक्षिक क्षेत्रका तमाम् समस्या तथा नयाँ सम्भावनाहरुको सम्बोधन गर्न नयाँ ऐनको अपरिहार्यता धेरै पहिलेदेखि महसुस हुँदै आएको थियो।

    हाल कार्यान्वयनमा रहेको शिक्षा ऐन, २०२८ लाई समयसापेक्ष बनाउन भन्दै २०७३ सालमा आठौं संशोधन भएको थियो। तर आठौं संशोधनले विद्यमान शैक्षिक प्रणालीलाई पर्याप्त रूपमा समेट्न नसकेको र पुरानो भइसकेको भन्दै नयाँ ऐन निर्माणको आवाज उठ्दै आएको थियो।

    ऐनले शिक्षकको सरुवा, बढुवा, काज, कारबाहीको अधिकार प्रदेश सरकारलाई दिने परिकल्पना गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार