Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रस्तावित राजदूतको उजुरी खोल्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

    प्रस्तावित राजदूतको उजुरी खोल्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 597
    SHARES

    काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने बस्न लागेको हो । बैठकमा विभिन्न देशका लागि परराष्ट्र सेवाका ६ जना प्रस्तावित राजदूतको उजुरी खोलिँदै छ ।

    साउन ३ गते बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र उनीहरूको नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो ।



    सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड) का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।



    आजको बैठकमा प्रस्तावित राजदूतहरुको सुनुवाई सम्बन्धि कार्यतालिका माथि छलफल र उजुरी कर्तासँग छलफल गर्ने मुख्य एजेण्डा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार