Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारले सिफारिस गरेका ६ जना राजदूतविरुद्ध ५ वटा उजुरी

काठमाडौं । विभिन्न मुलुकका लागि प्रस्तावित ६ जना राजदूतमाथि ५ वटा उजुरी परेको छ । सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा पाँच वटा उजुरी परेका छन् ।

एउटा रित नपुगेको उजुरी पनि प्राप्त भएको छ । तर त्यसलाई उजुरीमा गणना गरिएको छैन । गत साउन ३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिन भित्र उजुरी दिन आश्वान गर्ने निर्णय गरेको थियो ।

प्राप्त उजुरीहरु उपर छलफल गर्न मंगलबार सुनुवाइ समितिको बैठक राखिएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईलाई सिफारिस भएका छन् ।

उजुरीउपर अध्ययन गरेपछि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077