Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहुमत पुर्‍याउन कोशीका सभामुख गौतमले राजीनामा दिने

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन् ।

कोशीमा सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख गौतमले पदबाट राजीनामा दिन लागेका हुन् ।

गौतमले राजीनामा दिए पछि गठबन्धन दलबाट कांग्रेस नेता उद्धव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङ्ले दिएको समयभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ ।

तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने निर्णयमा पुग्न बाध्य भएको हो ।

एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई मुख्यमन्त्री दाबी गर्न दिएको समय मंगलबार अपराह्न ५ बजे सकिँदैछ। सभामुख गौतमले राजीनामा दिएपछि गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्छ।

यसअघि सभामुखसहितको हस्ताक्षर गरेर नेपाली कांग्रेस संसदीय दल नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि सर्वोच्च अदालतले बिहीबार उनको नियुक्ति खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077