Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालुवाटार जग्गा काण्डका नाइके सुहृदराज घिमिरे क्वीन्टल सुन तस्करीमा संलग्न !

    बालुवाटार जग्गा काण्डका नाइके सुहृदराज घिमिरे क्वीन्टल सुन तस्करीमा संलग्न !

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा काण्डमा मुछिएका व्यापारी सुहृदराज घिमिरे केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल नजिकैबाट बरामद भएको १ क्वीन्टल भन्दा बढी सुन काण्डमा पनि संलग्न रहेको पाइएको छ ।

    किया मोटरका संचालक समेत रहेको घिमिरेले ललिता निवासको सरकारी जग्गा ५० हजार प्रतिआनामा खरिद गरेका थिए । ट्याक्स हेभन मुलुक भर्जिन आइल्याण्डबाट कालोधन सेतो बनाएर भित्र्याउने अरबपति घिमिरेले सासु इन्दू शर्माका नाममा १३ रोपनी जग्गा खरिद गरेका छन् ।



    सुहृद घिमिरेले सासु इन्दू शर्माका नाममा दर्ता गरेको ललिता निवासको जग्गा उनका ब्यापारिक पार्टनर पुरुषोत्तम पौडेलको नाममा नामसारी गरेका थिए । सुहृद घिमिरेसहित उनकी श्रीमती रेखा घिमिरे र पौडेल पनि कन्टिनेन्टल ट्रेडिङका संचालक हुन् । घिमिरे जस्ता विवादित र गैरकानुनी काम गर्दै रातारात अर्बपति भएका ब्यापारीलाई ललिता निवास प्रकरणको छानविन गर्ने जिम्मा पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पक्राउ गर्न सकेको छैन । घिमिरेमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागदेखि कुनै पनि निकायले छानबिन गर्ने आँट समेत गरेका छैनन् ।



    ललिता निवासको जग्गाबाहेक घिमिरेको र उनको परिवारको नाममा काठमाडौं उपत्यकामा नारायणहिटी दरबार संग्रहालयको उत्तरपूर्व गैरीधारासँगै सात रोपनी, तीनकुनेस्थित चियाको सोरुम भएको ठाउँमा पाँच रोपनी, बालुवाटारमा अशोक राणासँग मुद्दा परेको छ रोपनीसहित ५० रोपनी जग्गा छ । जबकि, काठमाडौं उपत्यकामा एक परिवारको नाममा २५ रोपनीभन्दा बढी जग्गा भए हदबन्दी लाग्छ ।

    उनै घिमिरे अहिले फेरि १ सय ५५ किलो सुन तस्करी काण्डमा मुछिएका हुन् । सुन काण्डको नाइके मानिएका भारतीय व्यापारी राकेश अडुकिया र घिमिरे ब्यवसायीक साझेदार समेत रहेको पाइएको छ । अडुकियाले घिमिरे अध्यक्ष रहेको एक रेमिटमा लगानी गरेको खुलेको छ । ‘आई पे रेमिट’ नामक कम्पनिमा अडुकियाले छोरी मार्फत लगानी गरेका हुन् । अडुकियाले छोरी र अधिवक्ता सुशिल पन्तले छोरा मार्फत रेमिटमा लगानी गरेको स्रोतको दावी छ ।

    तस्करी अभियोग लाग्ने वित्तिकै अडुकिया भारत पसेका छन् । यद्यपी उनी नेपाल फर्किसकेको स्रोतको दाबी छ । यसअघि ३३ किलो सुन तस्करी तथा सानम शाक्य हत्याकाण्डमा बहालवाला डिआइजीसम्मलाई पक्राउ गरी अनुसन्धान गरेको प्रहरीले अहिलेको एक क्वीन्टल सुन काण्डमा मुछिएको कम्पनीका बारेमा भने सुइको पाउन नसकेको हो वा व्यापारीहरुलाई बचाउन खोजेको हो ? गम्भिर प्रश्न उब्जिएको छ ।

    तत्कालिन गभर्नर युवराज खतिवडाले डलरको सुविधा दिएर चाँदी आयातको बाटो खोलिदिएपछि अडुकियाले नेपाल बसेर अबैध धन्दा चलाउँदै आएका छन् । सन् २०१० देखि नेपालमा बसेर अवैध धन्दा गर्दै आएका अडुकिया केही वर्षअघि न्युरोडमा सुन सहित पक्राउ परेका थिए । त्यस्तै अर्को पटक उनी विरगन्जमा सुनसहित पक्राउ परेको थिए ।

    सुन सहित पक्राउ परेर उन्मुक्ति पाएका अडुयिकाले सुन तस्करीलाई भने अझै आफ्नो पेशा बनाइरहेकै छन् । घिमिरे जस्ता व्यापारीलाई हातमा लिएर उनले नेपालको बाटो हुँदै सुन तस्करी गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार