Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नपर्छ : राजेन्द्र लिङ्देन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।

अध्यक्ष लिङ्देनले संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन्।

अध्यक्ष लिङ्देनले भने,‘गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा भन्दा खेरी सुन काण्डका एकपछि अर्को रहस्य उद्घाटन भइरहेकाका छन्। हिजोमात्र टोखामा सुन बनाउने फ्याक्ट्री नै भेटिएको छ। गोदाम भेटिएको छ। यो सामान्य कुरा होइन। यसमा जुन किसिमका तथ्य आइरहेको छ, यो सानो व्यापारी यो एउटा सामान्य तस्करको परिकल्पनाको कुरा छैन। उच्चपदस्थ सुरक्षा निकायहरु र राजनीतिक नेताहरुको आशंका गर्न सकिन्छ जसले पनि। ’

अध्यक्ष लिङ्देनले सुन काण्डका एकपछि अर्को रहस्य उद्घाटन भइरहेको उल्लेख गरे।उनले छानबिन समिति संसदीय नभए बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा गठन गर्दा पनि हुने उल्लेख गरे।

लिङ्देनले एक महिना अगाडि नै प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भएपनि दलहरूको भागबन्डाले संविधान विपरीतका काम भइरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077