Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्र मन्त्रालयले भन्यो - युद्धग्रस्त मुलुकका सुरक्षा सम्बन्धी काममा नजानू

काठमाडौं । परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेश सेनामा काम गर्न नजान आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयले केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिकहरू विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

पछिल्लो समयमा रुस युद्धमामा नेपालीहरु गइरहेको सूचनाहरुलाई संकेत गर्दै मन्त्रलायले आज जारी गरेको विज्ञप्तीमा परम्परागत रुपमा सम्झौता भएका देशहरुमा बाहेक अन्त नजान आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले भनेको छ, ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्र राष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ ।’

मन्त्रालयले कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजान अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077